घर्ती मगर, रण प्रसाद. (२०६२). खाम मगर भाषा कसरी बोल्ने ?. काठमाडौंः
धनमाया र सिर्जना घर्ती मगर ।
टिप्पणीः प्रतिभा पुन

रण प्रसाद घर्ती मगरको खाम मगर भाषा कसरी बोल्ने ?(२०६२) मा शब्दकोशका लागि तयार पारिएका आधारभूत शब्दावली अनुरुप ६२ वटा आधारमा (व्याकरणीय शब्दावली, कोशीय शब्दावली) खाम भाषाका शब्दहरू सङ्कलन गरेर नेपाली भाषामा अर्थ दिइएको छ । यसका साथै हरेक शीर्षकको अन्तमा खाम र नेपाली भाषामा वाक्यात्मक तहमा अभ्यास पनि प्रस्तुत गरिएको छ । जसले मगर खामप्रति विशेष रूचि राखेर सिक्न चाहने हरेकका लागि बढी सहयोग पुर्याउने देखिन्छ ।