गर्बुजा मगर, मनवीर. (२०४७). मगरातीहरूको कर्मकाण्डका किताब. वुटवलः मनवीर गर्वुजा मगर ।
टिप्पणीः डा. मीन श्रीस मगर

नेपाल लाङघाली संघका संस्थापक तथा केन्द्रीय कोषाध्यक्ष भू.पू. बृटिश गोर्खा सैनिक मनवीर गर्बुजा मगरले मौखिक परम्परामा चलिआएको मगर जातिको संस्कार विधिलाई लिपिबद्ध गरी सुधार ल्याउने उद्देश्य राखेर यो पुस्तक तयार पारेको देखिन्छ । जम्मा ७२ पृष्ठ संख्या रहेको पुस्तकमा ७२ वटै शीर्षक राखेर आफ्नै कुलवंशज र चेलीवेटीबाट सम्पन्न गरिने कर्मकाण्ड विधिको सङ्क्षिप्त वर्णन गरिएको छ । परिचय, परम्परागत कर्मकाण्ड, विवाह कर्ममा चाहिने सामाग्री, विवाह विधि श्लोक, पूजा सामग्री, रजस्वाला, छैटी, न्वारान, भातख्वाई, छेवर, गुन्यूचोली र मृत्यु संस्कार विधिको छोटो वर्णन गरिएको छ । यसका साथै विवाह र मृत्यु संस्कारमा गरिने पूजामा रेखी हाल्ने नमूना चित्र–सूची पनि समावेश गरिएको छ ।