गुरुङ, जगमान, (२०६७). गण्डकीप्रस्रवणक्षेत्रको सांस्कृतिक सम्पदा, काठमाडौंः
पश्चिमाञ्चल विकास मञ्च.
टिप्पणीः डा. गोविन्द प्रसाद थापा

यस पुस्तकका पाँच अध्याय छन् । पहिलोमा गण्डकीप्रसवण क्षेत्रको भूमि र जनता; दोस्रोमा गण्डकी प्रसवण क्षेत्रका प्रमुख धार्मिक स्थलहरू; तेस्रोमा गण्डकीप्रस्रवण क्षेत्रका महत्त्वपूर्ण संस्थाहरू; चौथोमा गण्डकीप्रस्रवण क्षेत्रकाउल्लेखनीय लोकगाथाहरू र पाँचौ अध्यायमा गण्डकीप्रस्रवण क्षेत्रको कला रवास्तुकलाका बारे चर्चा गरिएको छ । यस पुस्तकमा लेखकले गण्डकी क्षेत्रका
बारेमा पौराणिक कालदेखि हालसम्म उपलब्ध सूचनाका आधारमा गण्डकीप्रस्रवण क्षेत्रको बारेमा भन्छन्, “गण्डकीप्रस्रवणक्षेत्रको कछाडभागको लौकिक नाम मगरातहो । नेपाल संवत् २२१ (ई.सं.११००) को एउटा ताम्रपत्रमा मंग्वरबिषयको उल्लेखभएको छ र त्यही मंग्वरबिषयको वर्तमान रुप मगरात हो । गण्डकीप्रस्रवणक्षेत्र अर्थात मंग्वरातका नदनदीहरूको नाम मगरभाषाको ‘डि वा दि’ प्रत्यान्त शब्दबाट रहेको छ । मगरभाषामा ‘डि वा दि’ शब्दले पानी, खोला र नदी भन्ने अर्थ बुझाउँछ । मगर भाषामा ‘गान’ वा ‘गन’ को अर्थ हरियो साग हो । अतः साग जस्तो हरियो वर्णको पानी भएको नदीलाई मगर भाषामा गनडि भन्दछ । अतः मगर भाषाको यस गनडि वा गण्डि शब्दलाई ‘अपि माषं मषां कुर्यात् छन्दोभङ्गं न कारयेत्’ भन्ने सूत्रअनुसार गण्डि, गण्डिका र गण्डकीको रुपमा विकास गरी संस्कृतकरण गरेको पाइन्छ ।”

पृ. २ उनी अगाडी भन्छन्, “…..साविक लमजुङ र हाल कास्की, याङजाकोट, देउरालीका पैंडि लालबहादुर क्हौँगि लामा गुरुङको घरमा भएको वंशावलीमा गुरुङदिबाट गुरुङ र मगर छुटिटएको उल्लेख छ । मगरहरूमा गुरुङछाने आले,
गुरुङछाने थापा, गुरुङछाने राना, आदि थरहरू पाइन्छन् । यसका अतिरिक्त मगरहरूमा केप्छाकि, क्रोम्छाकि, आदि थर पाइन्छन् भने गुरुङहरूमा केप्छैं, क्रोम्छैं आदि थरहरू छन् । गुरुङको त्हार थरलाई नेपालीमा दर्लामी, क्होललाई
खुलाल र प्ल्हेँलाई आले भनेको पाइन्छ । यसबाट गुरुङ र मगर सजातीय हुन् भन्ने स्पष्ट हुन्छ ।” पृ. १४२