घर्ती क्षत्री, सूर्यबहादुर. (२०६७). पाल्पाको मगर संस्कृति. (अप्रकाशित विद्यावारिधि
शोधप्रबन्ध). त्रि.वि., कीर्तिपुर ।
टिप्पणीः डा. मीन श्रीस

यो शोधप्रवन्ध त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र
संकायमा विद्यावारिधि उपाधिको निम्ति प्रस्तुत गरिएको हो । इतिहास विषय अन्तर्गतको यो शोधप्रबन्ध मूलतः पाल्पाका मगरहरूको इतिहास र संस्कृतिमा केन्द्रित रहेको छ । समग्र पाल्पा जिल्लालाई पूर्व, पश्चिम र मध्य गरी तीन क्षेत्रमा विभाजन गरी त्यहाँका मगरहरूको संस्कृतिको तुलनात्मक अध्ययन गरिएको छ । जम्मा २८३ पृष्ठको यो शोधप्रबन्ध छ अध्यायमा विभाजित छ । अध्याय एक शोधकार्यको परिचय तथा अध्याय दुई अध्ययन क्षेत्र पाल्पाको परिचयमा केन्द्रित छ । अध्याय तीनमा मगर जातिको परिचय दिइएको छ । यस अन्तर्गत मगर जातिको ऐतिहासिक पृष्ठभूमि, उत्पत्ति नामकरण, बस्ती वितरण,भाषा तथा उनीहरूका थर एवम् उपथरको चर्चा गरिएको छ । इतिहास लेखनपरम्परा नभएको जनजातिहरूको ऐतिहासिक पक्षको खोजी गर्नका लागि पनिसांस्कृतिक पक्षको अध्ययन ज्यादै महत्त्वपूर्ण रहेकाले त्यसै आधारमा अध्ययनलाईअघि बढाउने प्रयास गरिएको उल्लेख छ । प्रस्तुत शोधप्रवन्धमा मगरहरूलाईपश्चिमबाट पूर्वतर्फ अगाडि बढेका प्राचीन हुणको एक शाखा हेप्थालको सन्तानभनी उल्लेख गरिएको छ । पश्चिमबाट पूर्वतर्फ बढ्दा मगरहरूले जुन मार्गप्रयोग गरेका थिए त्यही मार्ग भएर पछि वाह«ौं शताब्दीतिर खसहरू पनि पश्चिम दिशाबाट नेपाल प्रवेश गरेका हुन् भन्ने शोधकर्ताको मत रहेको छ । यस कारण मगर र खसको भाषा र संस्कृति बीच पनि निकटम सम्बन्ध रहेकोपाइन्छ । प्रागैतिहासिक कालदेखि नै नेपाल प्रवेश गरेका मगरहरूको सर्वप्रथम स्थायी बसोबास गण्डकी प्रस्रवण क्षेत्रमा भएको हो । नेपालको पूर्व मध्यकालमाउनीहरूको बाहुल्य क्षेत्र सामन्त शासित प्रदेश ‘मंग्वर विषय’ को रुपमा रहेको थियो । मगरहरूको बाहुल्य रहेको मस्र्याङ्दीदेखि प्युठानसम्मको भू–भागलाईबाह्र मगरात भनिन्थ्यो । यसैले पाल्पा पनि मगरात अन्तर्गत रहेको बुझिन्छ ।
यो जाति वर्तमान समयमा देशव्यापी रूपमा नेपालमा फैलिएको भए तापनियिनीहरूको मूल थलो गण्डकी प्रदेश हो भनी उल्लेख गरिएको छ । अध्यायचारमा पाल्पाका मगरहरूको सामाजिक सङ्गठनमा केन्द्रित छ । यसअन्तर्गत उनीहरूको सामाजिक सङ्गठनको स्वरूप, बस्ती वितरण, घरको बनावट,परिवारको सङ्गठन, दैनिक कार्य, नाता सम्बन्ध, ढोगभेट र आदर सत्कार, खानपान, भेषभूषा र गरगहना आदिको चर्चा गरिएको छ । अध्याय पाँच पाल्पाकोमगर संस्कृतिमा केन्द्रित छ । यस अध्यायमा नेपाली संस्कृति र मगर संस्कृतिको परिचय दिँदै पाल्पाका मगर संस्कृतिका बिभिन्न आयामहरू, भाषा, साहित्य, धर्म,संस्कार, चाडपर्व, नाचगान (ठूलो नाच, घाटु कडुवा (कौराहा) नाच, झाम्वरे नाचर सालैजोको व्याख्या, विश्लेषण र विवेचना गरिएको छ । शोधकर्ताले पाल्पाको
मगर संस्कृति तीव्र खाम खाम रुपमा परिवर्तन भई लोप हुन सक्ने अवस्थामापुगेको उल्लेख गरेका छन् ।