सिक्किमका आदिवासी मगर जाति
लेखक, सञ्जोग लाफा मगर
राहा, वर्ष ५, अंक ५, पौष­जेष्ठ, २०५५।५६
मुद्रक, हिसी अफसेट प्रेस, जमल, काठमान्डु ।
समीक्षकः डा. गोविन्द प्रसाद थापा
लेखकले यस लेखमा सिक्किमको प्राचीन इतिहासको कुरा कोटयाउदै लेख्नु हुन्छ, “सिक्किम एकिकरण हुनु भन्दा पूर्व ससाना राज्यहरुमा विभाजित थियो । त्यहाँ विविभन्न जातिका रज्योेताहरुले राज्य गदर्थे । आदिवासी जातिहरुमा लेप्चा, मगर, सुब्बा, भुटिया जाति थिए । सिक्किममा पहिला आगमन गर्ने जाति मध्ये लेप्चा जाति हुन् भने समकालिन आगमन गर्ने मगर जाति हुन् भनी इतिहासमा उल्लेख गरेको पाइन्छ । लेप्चा र मगर जातिबीच हरेक कुराहरुमा सामिप्यता पाइनुले झनै पुष्टि गर्दछ । लेप्चा जातिहरुले सिक्किममा शासन गर्दा मगरहरुले पनि राज्य गरेका थिए । लेप्चाको राजा रानी को नाम निबूङतेक, निगूङ््मा थियो । एघारौं शताबदी भन्दा अगाडि सिक्किममा मगर जातिको उल्लेख भएको नपाइएतापनि १८४८मा हिमालयन जर्नलस लेख्नु हुने जोसेफ हुकरका अनुसार, ‘मगर अहिले अरुणको पश्चिमतिर सीमित भएपनि मगरहरु सिक्किमको आदिवासी जाति थिए’ भनि लेखेका छन् ।“

लेखक इतिहासविद इमान सिंह चेमजोंङ र एडिन भेन्सीटार्टलाइ उद्धृत गर्दै लेखछन्, “किराँत ऐतिहासिक इत्तिबृत्तान्त अनुसार मगर जातिको उत्पत्ति भूमि उत्तरतिर स्थित शिर भूमि हो जहाँबाट सिङ मगर र चितु मगर नामक दुई नेताहरुको नेतृत्वमा दुई मानव समूह दक्षिणतिर आइपुग्दा ’तानसाङ थापा’ कहलाष्ए जसको अर्थ हु५ अत्तरतिरबाट आएको । उडि भेन्सीटार्टद्वारा लिखित गोर्खा पुस्तकमा मगर जातिको मूल वासस्थान वा यिनिहरुको उत्पत्ति हाल चीन देशको सिम भन्ने वासस्थान हो । त्यहाँबाट दुई नेताको अगुवाईमा एक टोली दक्षिणतिर हुँदै सिक्किम आएर स्थायी रुपले बसोवास गरे ति दुई नेताहरु थिए सिं मगर र चितु मगर भनि उल्लेख गरेका छन् ।“ लेखकले सिक्किममा अझै पनि मगर जुङ जस्ता स्थान रहेको उल्लेख गरेका छन् । उहाँका अनुसार मगर राजाहरुले सुरक्षको निमित्त लेक्ने र घँुएत्रो प्रहार गर्नको निमित्त बनाएको ठाउँलाई मगरजुँङ अर्थात मगर किल्ला भनिन्छ ।