२०७६ कार्तिक ३० गते शनिवारका दिन बुटवल सुक्खानगर स्थित मगर संघको भवनमा नेपालका विभिन्न स्थानहरुमा बसोवास गर्ने बलाल मगर हरुको भेला भएको थियो । उक्त अवसरमा गुल्मी जिल्लाको दह गाउँ, झारखर्क, फोक्सीँङ, जुभुँङ, वामी टक्सार, नेटा सिमले, भार्से, खुनिया, तमघास, अर्घाखाँची, वाङलुङ को राङसिङ, किटेनी, रुपन्देही जिल्लाको टिकुलीगढ, तथा ललितपुर जिल्ला, आदि बाट भेलामा जम्मा भएका थिए ।

यि स्थानहरु बाहेक गुल्मीको लुङदी, मल्लेङ, पुर्तिघाट, भुर्टुङ, खडगकोट, चैया, र मुसीकोट, पाल्पा जिल्लाको वौंघा, नवलपरासी जिल्लाको देउचुली हरुमा बलाल मगरहरुको बाक्लो बसोवास रहेको बुझिन्छ ।

यस सम्मेलनले नेपाल बलाल मगर परिवारको १३ सदस्य केन्द्रिय कार्य समिति समेत चयन गरेको छ। दान बहादुर बलालको नेतृत्वमा निर्वा्चित यस समितिले आफ्नो भाषा, संस्कार र संस्कृति को जगेर्ना गर्नु का साथै सम्पुर्ण बलाल परिवारको विकास र समृद्धि को क्षेत्रमा एक्यवद्ध भइ लाग्न सम्पुर्ण बलाल मगर परिवार मा हार्दिक अपिल समेत गरेको छ ।