बालकृष्ण पोखरेलको सिर्जना “खस जातिको इतिहास”  आज बजारमा देखे पछि मन थाम्न नसकी ल्याएँ । यस पुस्तकको परिचय पृष्ठमा लेखिएको छ, “बालकृषण पोखरेल खस जातिको इतिहासलार्इ दिव्य जीवनका ४५ बर्षको मेहनत मान्छन् ।.. खस जातिको इतिहास नेपाली जाति र भाषीको मात्र होइन ।…जातीय इतिहास पहिल्याउने क्रममा नेपाल, भारतवर्ष, इरान, इराक, सिरिया, टर्की, लेबनन, इजिप्ट, इजरायल, ग्रीसलगायत मध्य र पूर्वी एशिया तथा युरोपका थुप्रै मुलुकहरूको प्राचीनता खोतल्ने लेखकको प्रयास लर्तरो कदम होइन । विश्वका अनेक कुनामा फैलिएको खस जातिको नेपाल विस्तारण सिँजाली युगका तथ्यहरूसमेतले प्रस्टयाउछन् । त्यसैले खस जातिको इतिहास नेपाली जातीय इतिहास होइन, सामाजिक, साँस्कृतिक, समाजशास्त्रीय, मानवशास्त्रीय, मानवशास्त्रीय र भाषिक संरचनाको इतिहास पनि हो ।”

पुस्तक खरीद गरी संग्रह मात्र गर्नु ठुलो कुरा हुँदै होइन, अपितु यस्मा लेखिएका तथ्याँक हरूको लेखाजोखा गरी अन्य स्रोत बाट प्राप्त सूचनाका अधारहरूमा थप अनुसन्धान गर्नु र निर्क्योल गर्नु र सही मार्ग पहिल्याउनुनै महत्वपूर्ण कुरा हुन् । यस कार्यमा संलग्न सबैलाइ सफलता मिलोस भनि शुभकामना दिन्छु ।