अर्याल, ईश्वरराज. (सन् १९५६). नयाँ नेपालको इतिहास (तेस्रो संस्क). काठमाडौः पं. पृथ्वीनाथ भार्गव । टिप्पणीः
डा. गोविन्द प्रसाद थापा

लेखकले यस पुस्तकमा ९० विभिन्न शीर्षकहरूमा नेपालको इतिहासलाई समेटेका छन् । यस पुस्तकमा लेखकले प्राचीन नेपालदेखि वि. सं. २००७ सालसम्मको आन्दोलनका कुरा समेटेका छन् । प्राचीन नेपालमा लेखकले नेपाल देशको नामकरण, राजनीतिक विभाजन तथा निवासीहरूका बारेमा लेखेका छन् । त्यसैगरी उनले अरमुण्डीको बारेमा पनि लेखेका छन् । उनी लेख्छन्, “शायद त्यही समयमा (ई.सन् आठौं शताब्दीमाको शुरुमा) कश्मीरमा जयापीड र विनयादित्य नामका एक प्रतापी राजा राज्य गर्दथे । उनले धेरै देश विजय गरेका हुनाले नेपाल हान्न भनी अगाडि बढे । त्यस बखतका नेपालका राजा अरमुण्डी बडा चालाक थिए । यिनले पहिले त शत्रुको फौजलाइै आउन दिए । परन्तु जब फौज एक ठुलो नदीको बीचमा आइपुगे, अनि अरमुण्डीको फौजले शत्रुलाई हमला गरयो । जयापीडले काश्मीरी फौजलाई कृष्णगण्डकी पार गर्ने आज्ञा दिए । त्यस बखत नदीमा पानी घुँडासम्म मात्र आउँथ्यो । परन्तु शत्रुले नदीमा कुल्चनासाथ छालमुनी जमाई राखेको पानी खोलिदिनाले नदीमा बाढी आयो र सारा शत्रुहरू बगेर मरे । जयापीड पक्रिए । गण्डकीका किनाराको एक दुर्गमा कैद भए । यो सुनी जयापीडका मन्त्री देवशर्मा नेपाल आई बडो चातुरी साथ जयापीडसँग भेटी राजा नभएको बखतमा “म मरे पछि मेरै जिउमा चढी नदी पार गर्नुहोला” भन्ने आशयको पत्र लेखी आत्महत्या गरेकाले राजाले सोही बमोजिम गरी काश्मीर पुगे ।” (डा.जयसवालले ती चलाक राजा आरमुण्डीलाई बरदेव नै हुन् भन्ने झल्काएका छन् ।)

आचार्य, गोविन्द र रायमाझी, दुर्गा. (२०७४). मगर जातिको लोकगीत तथा लोकसङ्गीत. काठमाडौंः नेपाल म्यूजिक सेन्टर । टिप्पणीः डा. मीन श्रीस मगर

चार खण्डमा विभाजित यस पुस्तकमा ४४९ पृष्ठ रहेको छ । पहिलो खण्डमा मगर जातिको परिचय, मगर शब्दको उत्पत्ति तथा मगर जातिको नामकरण, मूलथलो, थरउपथर, जनसंख्या, भाषा, संस्कार र चाडपर्वका बारेमा सङ्क्षिप्त जानकारी दिइएको छ । दोस्रो खण्डमा मगर लोकसङ्गीतको उत्पत्ति, परिभाषा, वर्गीकरण र मगर लोकसङ्गीत सामग्रीको परिचय समावेश गरिएको छ । जन्मदेखि मृत्युपर्यन्तका संस्कार सङ्गीत, चाडपर्व सङ्गीत, ऋतुगत सङ्गीत, श्रम सङ्गीत, सदावहार सङ्गीत र लोकबाजाहरूका बारेमा जानकारी दिइएको छ । तेस्रो अध्यायमा छन्द व्यवस्था, श्लोक निर्माण, सङ्गीत योजना, सङ्गीत तङ्खवहरूको विश्लेषण जस्ता विषय–वस्तुको वर्णन गरिएको छ । चौथो खण्डमा अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको छ । परिशिष्ट खण्डमा मगर लोकसङ्गीतका सामग्रीहरू, स्वरलिपी, मगर लोकसंस्कृतिसँग सम्बन्धित तस्वीर र अध्ययनका विशेष सहयोगीहरूको उल्लेख गरिएको छ । पुस्तकको आधा भाग (२१९ पृष्ठ) परिशिष्टाङ्कले ओगटेको छ । यो खण्डमा मगर समाजमा प्रचलित तथा प्रचलनबाट हराएका लोकगीतहरूको समेत संकलन गरिएको र केही गीतको स्वरलिपि तयार पारिएको छ । नेपाली लोक सङ्गीतको फाँटमा मगर जातिका लोकगीत तथा लोक सङ्गीत सर्वाधिक लोकप्रिय रहेको पाइन्छ । तर वाह्य प्रभाव र आधुनिकताको टक्करले मगर जातिको लोकगीत–सङ्गीतलाई लोपोन्मुख अवस्थातिर धकेलिरहेको छ । यस्तो वर्तमान परिस्थितिमा यो पुस्तक एउटा महत्त्वपूर्ण दस्ताबेजका रुपमा प्रकाशित भएको मान्न सकिन्छ । गाउँघरका कुनाकाप्चामा पुगेर कतिपय लोप भइसकेका र कति लोपोन्मुख अवस्थामा पुगेका मगर लोकगीत–सङ्गीतहरूको गहन अन्वेषण पश्चात अभिलेखीकरण गरिएको छ । त्यसकारण मगर लोकगीत– सङ्गीतको संरक्षण र प्रवद्र्धनको दिशामा यस पुस्तकले महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने कुरामा विश्वास लिन सकिन्छ ।