आले मगर, जीवन. (२०६४). नेपालका प्रथम जनविद्रोही सहीद लखन थापा मगर.

गोरखाः सुवास आले मगर र विष्णु आले मगर ।

टिप्पणीः डा. मीन श्रीस मगर

जम्मा ६३ पृष्ठ संख्या रहेको यस पुस्तिकामा सहिद लखन थापा मगरको वाल्यकाल, प्रारम्भिक शिक्षा, सैनिक सेवा, नेपालको तत्कालीन अवस्था, भारतीय विद्रोहको प्रभाव, जोसमनी मत, राणा शासन विरुद्ध प्रथम जनविद्रोह, जनविद्रोहमाथि दमन र फाँसीको वारेमा वर्णन गरिएको छ । लखन थापाको सन्तान सम्बन्धी विवरणमा लखन थापाले मृत्युदण्ड पाएपछि उनको छोरो परिवार सहित तेह्रथुम कोवेक गएर बसेको उल्लेख गरिएको छ । लखन थापाका नाति हेमदल थापा गोर्खा पल्टनमा भर्ती भएपछि बर्मामा बसोबास गरेका थिए । बर्मा–जापान युद्धको क्रममा उनको परिवार दार्जिलिङमा बसाइँ सरेको कुरा वर्णन गरिएको छ । यस पुस्तिकामा सहिद लखन थापा मगरका सहयोद्धा सहिद जयसिंह चुमी (राना) मगरको बारेमा पनि सङ्क्षिप्त जानकारी दिइएको छ ।