चोङवाङ, हर्कराज. (२०६२). मङ्गोल किरातहरूका उत्पत्ति (Origin of Mongol Kirat). ललितपुरः भरतमणि चोङवाङ ।
टिप्पणीः डा. गोविन्द प्रसाद थापा
यो पुस्तकमा २६ वटा सान्दर्भिक विषयहरू रहेका छन्, जसमा मुख्यतःसमाज उत्पत्तिका सिद्धान्तहरू, पौराणिक इतिहासमा किरातसत्ताको संकेतहरू,
प्राचीन किरात साम्राज्य झलक, मंगोल किरातका उत्तराधिकारीहरू, किरातहरूकोनामबाट बनेको देशका नामहरू, मंगोल चीन र नेपालको जन्मदाता किरातहरू, किरात राजाहरूका क्षेत्र, योगदान र विशेषताहरू, किरात राज्यको अन्तिमकाल,नेपाल एकीकरणपछि किरातहरू, तथा किरातकालीन नेपालको साँस्कृतिकनिधिहरू रहेका छन् । यस पुस्तकका लेखकले यस पुस्तकको माध्यमबाट मंगोलकिरातका सन्ततिहरूले आदिम किरातवंशबाट मंगोल जातिको उत्पत्ति भएकोजान्न सक्ने छन्…किरात मंगोल होईनन् भन्नुभन्दा मंगोलका पुर्खाहरू किरातवंशीथिए र एशियाको विभिन्न पर्ति बाँझो जमिनहरूमा बस्न छरिएका थिए भन्ने कुराकिरातहरूका मौलिक मुन्धुमहरूबाट थाहा हुन आएको कुरा लेखेका छन् । यसपुस्तकको ४० औं पृष्ठमा मसिुर हाङका सन्तानहरू मध्य “साँहिलाको बाह्रजनाछोराहरू बाह्रमगरको नामले राजाहरू भएका थिए । यी राजाहरूका सन्ततिहरूमगर किरात जातिहरू भएका हुन्” भनी उल्लेख गरिएको छ । यस पुस्तकको८५औं पृष्ठमा “हाल यिनीहरू विभिन्न जात र थरहरूमा रुपान्तरित भएर राई, लिम्बू, गुरुङ, मगर, सेर्पा, सुनुवार, धिमाल, थारु, राजवंशी, थकाली, याख्खा,देवान, नेवार, लापचे, भोटे, शेरचन, गौचन, आदि जातिका नागरिक भएका छन् । पहिला उनीहरू भूमिपति र सत्ताधारी भएका थिए । त्यसैले अघाडी सम्पूर्णदेशलाई किरात देश भनिन्थ्यो” भनि उल्लेख गरिएको छ । साथै यस पुस्तकमा “…तिब्बतको किरात राजा मुङमावरोहाङको पालादेखि नै खम्पाजोङ, समजोङ, तानाकजोङ, तीङकेजोङ, पाप्लेजोङ, आङगेजोङ, यासकजोङ, जस्ता किल्लाहरू थिए ।” भन्ने उल्लेख गरिएको छ । यस सन्दर्भमा सिक्कीममा समेत “मगरजोङ”रहेको कुरा दृष्टिगत गर्दा भाषिक आधारमा यिनको सम्बन्धका बारेमा थप अध्ययन गर्न आवश्यक रहेको देखिन्छ ।