खत्री, टेक बहादुर. (२०४१). शाही नेपाली सेनाको इतिहास. काठमाडौः श्री ५
को छापाखाना, नेपाल ।
टिप्पणीः डा. गोविन्द प्रसाद थापा

यस पुस्तकका दुई भाग छन् । भाग १ मा मेरो भनाइ, वि.सं.१७९९ देखि१९८० सम्मको युद्ध, शाही नेपाली सेनाको युद्धसेवा ९धबच(कभचखष्अभ) तथाअनि ती जसले युद्ध लडे जस्ता सामग्री राखिएका छन् । भाग २ मा विभिन्नपल्टनहरूको इतिहास र हातहतियारका बारेमा लेखिएका छन् । यहाँ जम्मा५९ वटा पल्टनहरूका बारेमा जानकारी राखिएका छन् । वि.सं.१८४४ सालमाप्यूठान सर भए पछि प्यूठानमा असल साह्रो फलामको खानी निस्केको हुनालेत्यहाँ बन्दुकको नालहरू, पुर्जाहरू र बारुद बनाउने कारखाना खडा भरिएकोथियो ।….यिनै हतियारबाट वि.सं.१८४० देखि वि.सं.१८६१ सम्म पूर्वतर्फ काजीस्वरुपसिंह कार्कीले किराँत राज्यहरू सर गरे भने पश्चिमतर्फ काजी दामोदर पाँडेर चौतरिया बमशाह, काजी अमरसिंह थापा आदिले बाइसी चौबिसी राज्यहरूसुरु गरे । काजी अमरसिंह थापा, काजी नैनसिंह थापा आदिले कुमाउ, गढवाल,दून र गढवाल देखि सतलजसम्मका १२ ठकुराइहरू पनि सर गरे । यस पुस्तकमाचाँैबिसी राज्यहरूसँग युद्ध लड्ने पल्टनहरूका बारेमा पनि सामग्री राखिएको छ ।जसअनुसार श्रीजंग पल्टनले १८४२, १८४३ सालमा कास्की तथा प्यूठानमा युद्धलडेको उल्लेख गरिएको छ । त्यस्तै श्रीनाथ पल्टनले पाल्पा र प्यूठानमा, सबूजपल्टनले नुवाकोट र प्यूठानमा, तथा बरख पल्टनले प्यूठान र पाल्पामा, भुवानीदल पल्टनले ठोरी (१८३१ देखि १८४९) र पाल्पा (१८४२), तथा भवानी बक्शपल्टनले कास्की (१८४३) र प्यूठानमा (१८४३) मा चौबिस राज्य विरुद्ध युद्धगरेको देखिन्छ । त्यस्तै सेनाका विभिन्न कमाण्डरहरूले कुनकुन स्थानमा युद्ध लडेभन्ने बारेमा छोटकरी जानकारी दिइएको छ । जसमध्ये मगर योद्धाहरूमा सरदारप्रतिमन रानाले १८१६ मा पलाञचोक, १८४०मा लमजुङ, १८४२मा नुवाकोट,त्यस्तै १८४८ मा दीगर्चा, र १८४९ मा धैबुङ युद्ध लडेका थिए । त्यस्तै सरदार अम्बर सिंह रानाले कास्की, गुल्मी, पोखरा, रिसिङ, खाँची, वागलुङ, र डुल्लुमा युद्ध गरेको उल्लेख गरिएको छ ।