गुरुङ्ग, कृष्णवहादुर, योगी नरहरीनाथ (सम्पा.). (२०२०). श्री गुरुङ्ग मगर वंशावली.
शाके १८८५. कृष्णबहादुर गुरुङ
टिप्पणीः डा. गोविन्द प्रसाद थापा

सक्कल सिद्धाँचल मृगस्थलीमा छ । ५ इन्च लम्बाई र ६ इन्च चौडाइको पुस्तिकाको आकारमा प्रकाशित छ । धेरैजसो भाग संस्कृत भाषामा लेखिएको छ । केही अंशहरू मात्र नेपालीमा अनुवाद गरिएको छ । ग्रुङ्ग घले राजाहरूको वंशावली वीर गुरुङ्ग मगर वंशावली
सेनापति झार्गल गुरुङ्ग (सरदार झागल गुरुङ्गको वैशावली)ः भावार्थः “शिवावतार गोरक्षनाथलाइ नमस्कार छ । पर्वत राजपुत्री पार्वती गौरी देवीलाई नमस्कार छ । गोर्खा बीर सर्दार झागल गुरुङ्गको वंशावली लेखिन्छ । महेश्वर महादेवका सखा तथा भक्त गुह्यकवंशका राजाधिराज अलकाधिनाथ कुवेर उत्तरदिशाका दिक्पाल प्रसिद्ध छन् । कुवेरका पुत्र नलकूवर हिमालका उदार कीर्तिशाली भूपाल भये । तिनका सन्तति गुह्यक देवताका वंशमा जन्मेका भाषाविकासक्रमले गुरुङ्ग भयेका छन् । गुरुङ्ग वंशमा कास्की राजधानीमा वीरराजा अरमुडि भये, जस्ले काश्मीरका राजा जयापीडलाई जिते । लमजुङ्ग राजधानीमा अर्का वीर राजा रणभीम गुरुङ्ग रणमा भीमसेन समान भये ।” पृ. १७
मगर राजाहरूको वंशावली पृ. २० मा संस्कृत भाषामा र पृ. २६ मा नेपाली भाषामा भावार्थ लेखिएको छ । भावार्थः “अमरकोषादि शास्त्र पुराण इतिहास प्रसिद्ध गणदेवताका महाराजिक महाराजि महारा, महरा, मगरा, मगर हुदै आयेका छन् । अखण्ड हिमवतखण्डमा महान् गण्डकी मण्डल छ । भूगोल शास्त्रमा गण्डकी नगमालिकालाइ महर्लोक भनियेको छ । महाराजिक देवमानव वंशका मगर जातिको राज्य हुनाले सप्तगण्डकी प्रदेशलाइ मगरात पुकारिन्छ । अघि मगरामा २२० दुई सय बीस थिये । अन्तमा १२ भाइ मगर राजा शेष रहेको वेलामा १२ मगरात भन्ने प्रसिद्धि भयो । हिमवतखण्डमा किरात मगरात खशान जडान ४ प्रदेशमा त्रिशुलीमा ढल्ने पानी ढलादेखि कालप्गण्डकीमा ढल्ने पानी ढलो मगरातगण्डकी प्रदेश हो । दक्षिणतिर मगर राज्य थिये । उत्तरतिर गुह्यकवंशका
गुरुङ्गका राज्य थिये ।….जन्मले कर्मले वासले राजधानीले थर पद अनेक प्रकारका हुन गएका छन् तापनि मूल यौटै हो ।” “यसै गरी शक्त (समर्थ शक्र, कश, खश प्रभृति भयका छन् । १४ निशी १५ भुजी १६ थर खाक भनेर पुराना गाउँको संकेत गरिन्छ । थाक खोलामा बसेर थकाली भनिये ।..महाराजिकबाट महर महत् महरा महतारा महतौ महत्र महामात्र मगर प्रभृति भयेका छन् ।” पृ.२९–३२ । वीर जनरल दुर्गासिंह थापामगर पाल्पा गोटादिका बारेमा पृष्ठ ३४मा तथा अरमुडि र जयापीडका बारेमा पृष्ठ ५४ मा वर्णन गरिएको छ ।