तिगेला लिम्बु, कमल, तुङ्घङ भरत र आङ्ला, भैरब (अनुवादक).( वि.सं.२०६९÷सन्
२०१३). हज्सन पाण्डुलिपिमा लिम्बु गोर्खा युद्ध (लिम्बु–नेपाली अनुवाद). धरान
सुनसरीः छथरे समाज ।
टिप्पणीः विष्णु कुमार सिङ्जाली

बेलायती नागरिक ब्राइन हज्सन, बेलायती उपनिवेश भारतमा हुँदातत्कालिन नेपालको आन्तरिक राजनीतिमा दख्खल राख्ने व्यक्तित्त्व र तत्कालीन नेपालको अवस्था बारे अध्ययन गरी अभिलेखीकरण गरी राख्ने प्रख्यात विद्धान हुन् । यस पुस्तकमा पूर्वी नेपालबाट संकलन गरेको सिरिजङ्गा लिपिमा लेखिएकोपाण्डुलिपि गोर्खा राज्यको बिस्तारका क्रममा लिम्बुवानका लिम्बु र गोर्खालीहरू
बीचको लडाईको बारेमा उल्लेख गरिएको छ । यो हज्सन भोलुम ८५, लण्डनको “इन्डीया अफिस लाइब्रेरी तथा रेकर्डस” बाट बेलायतमा रहने लिम्बुहरूलेफोटोकपी गरी नेपाल पठाएर त्यसको अनुवाद गरेको उल्लेख गरिएको छ । यस कृतिमा गोर्खा राज्यको बिस्तारका क्रममा भएका लडाईं, मानवअधिकारको उलङ्घन, लिम्बुवान जितेपछि लिम्बुहरूलाई गोर्खाली सेनमा समाहित गरी पश्चिम नेपालका भू–भागहरूमा लडाई गर्न ल्याइएको र लिम्बुहरूले मान्छेको मासु खान्छ भनी प्रचार गरिएको, लिम्बुहरूलाई जातभात÷छुवाछुत बारे सिकाएरमगर जातिको तहमा राखिएको उल्लेख छ ।
गोर्खा राज्यको तर्पmबाट रघु रानामगर र लिम्बुको तर्पmबाट काङ्सो दुईसरदारहरू बिहानदेखि लड्दा रघु रानाको बेलुकीपख मृत्यु भएपछि गोर्खाली सेनाले छलककपट गरी, सहमति उल्लङ्घन गरी लिम्बुका सरदार लगायत उनका
सेनाहरूलाई मारेको कुरा उल्लेख छ । लिम्बुहरूलाई गोरखा सेनाले हराउननसकेपछि रामाभद्र थापामगरले फागो थरका लिम्बुहरूसँग नाता केलाउँदै जाँदा पुर्खाहरू सिमाङगढमा एकै भएको र पछि छुट्टिएको श्रृति कथाले दाजुभाइको नातालगाई लिम्बुवानलाई हात लिएको उल्लेख छ । यसका साथै फागो लिम्बुहरू मगर सिंजालीहरूले एक–आपसमा मृत्यु संस्कारमा किरीया बार्ने गरेको र युद्धकाकारण किरीया बार्न छोडेको पनि उल्लेख गरिएको छ । डड थापा (गुरुमछान) मगर, शिवलाल. (२०४७). मगर गुरुङ वंशावली र वर्तमान सन्दर्भमा जनजातिको समस्या. तनहुँः इन्दिरा थापा मगर र शर्मिला थापा मगर ।
टिप्पणीः डा. मीन श्रीस मगर एउटा सामान्य लेख–रचनालाई पुस्तिकाको रूप दिएकाले विषय–सूची नै
नराखेर विषय–वस्तुको प्रस्तुति दिइएको छ । जम्मा ४४ पृष्ठको पुस्तिकाको अग्र भागमा योगी नरहरिनाथद्वारा लिखित ‘श्री गुरुङ मगर वंशावली’ को केही अंश उद्घृत गरिएको छ भने पश्च भागमा हिन्दू वर्ण व्यवस्थाका आधारमा बनेको नेपालको पुरानो मुलुकी ऐन (वि.सं. १९१० देखि २०२० श्रावण मसान्तसम्म लागू
भएको ऐन) ले सिर्जना गरेको जातीय विभेद र शोषणका बारेमा चर्चा गरिएको छ । नेपाली इतिहासको मध्यकालसम्म आफ्नै राज्य भएको तथा राणाकाल अघिसम्म राज्यको माथिल्लो तहसम्म पहुच भएका मगरहरू राणाकालदेखि राजनीतिक एवं सामाजिक सांस्कृतिक शोषण र दमनमा परेको उल्लेख गरिएको छ । अन्त्यमा मगर जातिका थर उपथरहरूको सूची प्रस्तुत गरिएको छ ।