मगर अध्ययन केन्द्र, अनुसन्धान तथा प्रकाशन विभागको आयोजनामा “अनुसन्धानमूलक लेखन” सम्बन्धी एक दिने कार्यशाला सञ्चालन हुने भएकोले सम्पूर्ण विद्यार्थी, लेखक, अनुसन्धानकर्ता तथा इच्छुक महानुभावहरूलाई सहभागी हुन हार्दिक अनुरोध गरिन्छ।
यस कार्यशालामा अनुसन्धानमूलक लेखनको आधारभूत ज्ञान, लेख तयार गर्ने विधि, अनुसन्धान प्रक्रिया, साहित्य समीक्षा, अनुसन्धान विधि तथा तथ्य विश्लेषण सम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल गरिनेछ। सहभागीहरूले अनुभवी अनुसन्धानकर्ताबाट प्रत्यक्ष सिक्ने अवसर प्राप्त गर्नेछन्।
📅 कार्यक्रम मिति: २०८२/०२/०१
📍 स्थान: सिद्धार्थ कटेज प्रा.लि., ललितपुर
⏰ समय: बिहान ८ बजेदेखि ५ बजेसम्म
📞 थप जानकारीका लागि:
९८५११४८१९५ / ९८५१०१०९४४१५
सबैमा जानकारी तथा सहभागिताका लागि अनुरोध।