खनाल, मोहन प्रसाद. (२०६१). सेनराज्यको राजनैतिक इतिहास. काठमाडौः
नेपाल र एशियाली अनुसन्धान केन्द्र त्रि. वि.।
टिप्पणीः डा. गोविन्द प्रसाद थापा
लेखकका अनुसार प्रस्तुत ग्रन्थ नेपाल र एशियाली अनुसन्धान केन्द्रद्वारा २०५८ का लागि नेपालको प्रादेशिक इतिहास निर्माण योजना अन्तर्गत स्वीकृत सेनराज्यको राजनैतिक इतिहास नामक प्रतिवेदन हो । यसमा खासगरीमध्यकालको उत्तरार्धताका केन्द्रका अधीनबाट छुटिई स्वतन्त्र हुन पुगेका सेनवंशी राज्यहरू विशेष गरेर पाल्पा, विनायकपुर, राजपुर र तनहूँको राजनैतिक इतिहास लेख्ने प्रयास गरिएको छ । उनका अनुसार, “मध्यकालको उत्ताद्र्धताका नेपालका तीन शक्तिशाली राज्यहरूमध्येको कर्णाटक राज्य, अस्तित्त्वमा आएको लगभग २३० वर्षपछि नै पतन भयो र यसैताका कर्णाली प्रदेशको खसराज्य पनि विखण्डनतिर उन्मुख हुन थाल्यो । यसरी खसराज्यको विखण्डन डोटी तथा जुम्ला शक्तिशाली राज्यका रूपमा देखा परे । भेरीेपूर्वका राज्यहरूमा सल्यान तथा प्यूठानको विशेष स्थान थियो । केन्द्रबाट हुने शासनको वागडोर हटेर गएको हुँदा अब एकपछि अर्को गर्दै त्यहाँका सामन्तहरूले आआफनो क्षेत्रमा नयाँनयाँ रियासतहरू खडा गरी स्वतन्त्र हुँदै थिए । यसै सिलसिलामा पन्ध्रौं शताब्दीकोपूर्वाद्र्धताका आएर गण्डकी प्रदेशका मगर, गुरुङ र घलेहरूका आवादीमा पनिस्थानीय प्रशासकहरूले ससाना रियासतहरूको जग बसाउन प्रारम्भ गरे । यसैगरी गण्डकी प्रस्रवणक्षेत्रका शुरुशुरुमा स्थापित यिनै रियासतहरूमध्ये रिब्दीकोटनामक एउटा रियासत कालान्तरमा आएर पाल्पा राज्यको नामले प्रख्यात हुन पुग्यो ।” पाल्पा राज्यको जग बसाउन संस्थापकहरूको बारेमा लेखक लेख्छन्,“सामान्यतया पाल्पाली सेनराज्यको जग बसाउने सेनराजाका दुईथरी वंशावलीप्रकाशमा आएका छन् । यसमध्ये पहिलो वंशावली कामारिदत्त सेनको राज्यकालकोप्रारम्भमा अर्थात १७६८ ईस्वीताका लेखिसकेको छ । यस वंशावलीका अनुसारसेन वंशका पहिलो व्यक्ति मदन राय देखिन आएका छन् । जो चित्तोरस्थितमेवाडका राजा थिए । यिनी लिङ्गायतका अनुयायी अर्थात शिवलिङ्ग शिरमा राखेरहिड्ने हुनाले यिनको वंश शिशौदिया कहलाएको थियो । त्यस वंशावलीकाअनुसार मदन रायका वंशमा क्रमशः चिल्हा राणा, उदय राणा तथा अभय राणाविशेष प्रसिद्ध थिए । विजया यात्राको क्रममा पाल्पा आइपुगेका अभय राणालेमकवानपुरस्थित मगर रियासतका राजा गजलक्ष्मण सिंहकी छोरी कान्तिमतीसँगविवाह गरी यही नै बसे । अभय राणाका मकवानी रानीतर्फबाट भट्टराजको जन्मभयो । भट्टराजपछि क्रमैले मकरध्वज, तूथराज, दिमिकराज, एवं उदयराज भए ।उदयराजको छोराहरूमध्ये जेठा गज ब्रह्म र गज ब्रह्मका छोरा धर्मपाल भए
भनि लेखिएको छ ।” लेखकले इतिहासमा सेनवंशका बारेमा अलमल भएको पनिउल्लेख गरेका छन् ।