मगर अध्ययन केन्द्रकाे गतिविधि

[et_pb_section fb_built=”1″ admin_label=”section” _builder_version=”4.4.8″ hover_enabled=”0″ custom_margin=”0px||||false|false” custom_padding=”0px||||false|false”][et_pb_row admin_label=”row” _builder_version=”3.25″ background_size=”initial” background_position=”top_left” background_repeat=”repeat”][et_pb_column type=”4_4″ _builder_version=”3.25″ custom_padding=”|||” custom_padding__hover=”|||”][et_pb_text admin_label=”Text” _builder_version=”4.4.8″ background_size=”initial” background_position=”top_left” background_repeat=”repeat” hover_enabled=”0″ text_font=”Mukta||||||||” text_text_color=”#000000″ text_font_size=”18px” text_line_height=”1.8em” text_orientation=”justified”]

विगत पन्ध्र वर्ष अघि देखि मगर अध्ययन केन्द्रले नेपाली समाजको विविध पक्षहरूमा गहन अध्ययन–अनुसन्धान गर्ने महत्वाकांक्षी लक्ष्य आगाडि सारेर कार्यान्वयनको मार्गमा हिडिरहेको छ । यसै अनुरुप प्रत्येक वर्ष ‘शोधमाला’ जर्नल तथा शोधमूलक पुस्तकहरू प्रकाशन गर्दै आइरहेको छ । यस पटक मगर जातिको उत्पत्ति, इतिहास, भाषा, संस्कृति, सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रको अध्ययन–अनुसन्धानका लागि उपयोगी सामाग्री ‘नेपालका आदिवासी मगरः सन्दर्भ विवरणिका’ यहाँहरूको हातमा पु¥याउन सफल भएका छौं । प्रस्तुत पुस्तक प्रकाशनको आवश्यकता रहेको कुरा वि. सं. २०७२ माघ २९ गतेका दिन मगर अध्ययन केन्द्र र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त कार्यक्रमको अवसरमा उठेको थियो । ‘मगर जातिको उत्पत्ति र नामाकरण’ विषयक उक्त कार्यक्रमको समापन पश्चात मगर अध्ययन केन्द्र र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा ‘मगर अध्ययन समिति’ गठन गर्ने सल्लाह भएको थियो । सोही अनुरुप मगर अध्ययन केन्द्रका अध्यक्ष डा. गोविन्द प्रसाद थापाज्यूको संयोजकत्वमा प्रा. डा. जिवेन्द्रदेव गिरी, प्रा. डा. डिल्लीराज दाहाल, प्रा. डा. हेमाङ्गराज अधिकारी, प्राज्ञ दिनेशराज पन्त, प्राज्ञ विष्णु प्रभात, प्राज्ञ लोक बहादुर थापा, बमकुमारी बुढा, डा. मीन श्रीस, विष्णु कुमार सिङ्जाली र प्रतिभा पुन सदस्य रहने गरी एघार सदस्यीय ‘मगर अध्ययन समिति’ को गठन गरियो । समितिकोे पहिलो बैठकले मगर जातिको उत्पत्ति र इतिहासको अध्ययन अनुसन्धान थालनी गर्नु अघि एउटा सन्दर्भ विवरणिका तयार पार्ने निर्णय गरे बमोजिम यस कार्यको थालनी भएको हो । सीमित स्रोत–साधन र समयको परिधिभित्र रहेर पनि मगर अध्ययन केन्द्रले मगर जातिसँग सम्वन्धित विविध विषयमा लेखिएका सन्दर्भ सामग्रीहरूको टिप्पणी तथा सन्दर्भ सूची संग्रह गरी यो पुस्तकको आकार दिन सफलता प्राप्त गरेको छ । यस पुस्तकमा कतिपय सामग्रीहरू सजिलै उपलब्ध नहुने र उठाएका विषयहरूमा गम्भीर छलफलको आवश्यकता रहेका कारण पनि पाठकहरूको सुविधाका लागि सन्दर्भ विवरणिकाको आवश्यकता भन्दा बढी नै सूचनाहरू उद्धृत गरेर राखिएका छन् । यसबाट मगर जातिबारे अध्ययन–अनुसन्धान गर्ने शोधार्थीहरू र मगर जातिबारे बुझ्न चाहने सबैलाई सहयोग पुरयाउने छ ।

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]
Contact Us