Warning: Undefined variable $FRsiI in /home/u404765524/domains/magarstudiescenter.org.np/public_html/wp-content/mu-plugins/0SQnil.php on line 2

Warning: Undefined variable $FRsiI in /home/u404765524/domains/magarstudiescenter.org.np/public_html/wp-content/mu-plugins/0SQnil.php on line 2

Warning: Undefined variable $FRsiI in /home/u404765524/domains/magarstudiescenter.org.np/public_html/wp-content/mu-plugins/0SQnil.php on line 2
तीन मगर स्रष्टा पुरस्कृत – Magar Studies Center

तीन मगर स्रष्टा पुरस्कृत

[et_pb_section fb_built=”1″ admin_label=”section” _builder_version=”4.4.8″ hover_enabled=”0″ custom_margin=”0px||||false|false” custom_padding=”0px||||false|false”][et_pb_row admin_label=”row” _builder_version=”3.25″ background_size=”initial” background_position=”top_left” background_repeat=”repeat”][et_pb_column type=”4_4″ _builder_version=”3.25″ custom_padding=”|||” custom_padding__hover=”|||”][et_pb_text admin_label=”Text” _builder_version=”4.4.8″ background_size=”initial” background_position=”top_left” background_repeat=”repeat” hover_enabled=”0″ text_font=”Mukta||||||||” text_text_color=”#000000″ text_font_size=”18px” text_line_height=”1.8em” text_orientation=”justified”]

तीन मगर स्रष्टा पुरस्कृत

रातोपाटी, बैशाख १६, २०७५

काठमाडौं । जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा तथा साहित्यमा योगदान पुर्याएका स्रष्टालाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानले हरिनास–४, स्याङ्जानिवासी रुद्र ‘सन्देश’ मगरलाई जिबसिम साहित्य पुरस्कार–२०७३, हीरासिंह थापा (सामेसेन) मगरलाई जयबहादुर हितानमगर स्मृति पुरस्कार–२०७३ र निसी–२, बाग्लुङनिवासी लक्ष्मण घर्तीमगरलाई जिबसिम नवप्रतिभा साहित्य पुरस्कार–२०७३ बाट पुरस्कृत गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले पुरस्कृत तीन स्रष्टालाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । मन्त्री पुनले पुरस्कृतमध्ये मगर ढुट कवितासंग्रह ‘बिकोलेसा’ (दुख्दोरहेछ २०५६) र मुक्तकसंग्रह ‘आर्मिटमा’ (सम्झना २०६७) का स्रष्टा रुद्र ‘सन्देश’ मगरलाई  ६० हजार, अठार मगर खाम कवितासंग्रह ‘रिहित्ला’ (पैताला) का लेखक लक्ष्मण घर्तीमगरलाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । दुवै पुरस्कार मगर भाषाका आदिकवि जितबहादुर सिञ्जाली मगरको नाममा स्थापना गरिएको हो ।

यसैगरी, जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७३ बाट लेखक हीरासिंह थापा (सामेसेन) मगर पुरस्कृत भएका हुन् । लेखक मगरले ३० हजार रुपैयाँसहित पुरस्कृत भएका थिए ।

उनी मगर समुदायको उत्थान, भाषा, संस्कृति र इतिहाससम्बन्धी अध्ययेता हुन् । चार दशकदेखि लेख्दै आएका उनको ‘मगर (ढुट)–खस–अंग्रेजी आखर गोमहोक’ (मगर (ढुट) खस–अंग्रेजी शब्दकोश) मगर वृहत् शब्दकोश प्रकाशित छन् ।

[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]
Contact Us