अनुसन्धानमूलक लेखन सम्बन्धी एक दिने कार्यशाला ललितपुरमा सम्पन्न
मगर अध्ययन केन्द्र, अनुसन्धान तथा प्रकाशन विभाग को आयोजनामा “अनुसन्धानमूलक लेखन” सम्बन्धी एक दिने कार्यशाला शिद्धार्थ कटेज मा सम्पन्न भएको छ। कार्यक्रममा अनुसन्धानमूलक लेखनका आधारभूत सिद्धान्त, सीप तथा व्यवहारिक पक्षहरूबारे सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यशालामा अनुसन्धान लेखनको महत्व, अनुसन्धान प्रक्रिया तथा शैक्षिक र प्राज्ञिक लेखनमा आवश्यक पर्ने विधिहरूबारे विस्तृत जानकारी दिइएको थियो। कार्यक्रममा सहभागीहरूलाई अनुसन्धानमूलक लेखनका विविध आयामबारे व्यवहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरिएको जनाइएको छ।
विशेषगरी अनुसन्धानको परिचय, साहित्य समीक्षा (Literature Review), अनुसन्धान विधि (Research Methodology) तथा तथ्याङ्क विश्लेषण (Data Analysis) सम्बन्धी लेखन सीपमाथि केन्द्रित प्रस्तुति गरिएको थियो। प्रशिक्षकहरूले अनुसन्धानलाई व्यवस्थित र विश्वसनीय बनाउन आवश्यक विधि तथा प्रक्रियाहरूको व्याख्या गरेका थिए।
अनुसन्धान लेखन सीप अभिवृद्धिमा जोड
कार्यशालामा सहभागीहरूले अनुसन्धान लेखनमा देखिने चुनौतीहरू, तथ्य सङ्कलन प्रक्रिया तथा विश्लेषणात्मक लेखनबारे अनुभव आदानप्रदान गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले अनुसन्धानप्रति रुचि बढाउनुका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। सहभागीहरूले अनुसन्धानमूलक लेखन सम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्न पाएको भन्दै कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिएका थिए।