घर्ती मगर, रण प्रसाद. (२०६२). खाम—नेपाली शब्दकोश. काठमाडौँः धनमाया र सिर्जना घर्तीमगर ।
टिप्पणीः प्रतिभा पुन

रण प्रसाद घर्ती मगरको खाम—नेपाली शब्दकोश (२०६२) नामक पुस्तक
धनमाया र सिर्जना घर्ती मगरद्वारा प्रकाशित भएको देखिन्छ । वाह्य आयम हेर्दा जम्मा १६५ पृष्ठको छ । यस पुस्तकमा देवनागरी लिपिका स्वर वर्ण र व्यञ्जन वर्णानुसार शब्दको क्रम राखिएको छ । यो पुस्तक खाम र नेपाली गरी द्विभाषिक रूपमा तयार गरिएको छ । अन्तमा स्वदेशका १०० शब्दका आधारमा मगरका तीन भाषाको तुलनात्मक अध्ययन गरिएको छ ।

घर्ती मगर, रण प्रसाद. (२०६२). मगर सामाजिक संस्कार र नाता सम्बन्ध.
काठमाडौँः धनमाया र सिर्जना घर्ती मगर ।
टिप्पणीः प्रतिभा पुन

रण प्रसाद घर्ती मगरको मगर सामाजिक संस्कार र नाता सम्बन्ध (२०६२) को आयाम मुखपृष्ठ सहित ८३ पृष्ठको छ । नेपालको जातीय परम्परा, संस्कृति र सांस्कृतिक अध्ययनका लागि उपयोगी सावित हुने यस पुस्तकमा रुकुममा खाम मगरहरूको सामाजिक रीतिरिवाज र परम्परालाई सविस्तार वर्णन गरिएको छ । यसका साथै यस पुस्तकमा उल्लिखित नाता सम्बन्धी शब्दहरू र जातीय वंशावलीले अनुसन्धाताका लागि अति नै लाभदायक हुने प्रबल सम्भावना देखिन्छ ।