मिति २०७४ श्रावण ६ (July 17, 2017) गतेका दिन मगर अध्ययन समितिको दोश्रो बैठक संयोजक डा. गोविन्द प्रसाद थापाको संयोजकत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्यो ।

उपस्थितिः

मगर अध्ययन समितिको नामावली

१. संयोजक डा. गोविन्द प्रसाद थापा, अध्यक्ष, मगर अध्ययन केन्द्र..

२. सदस्य प्रा.डा. डिल्लीराम दाहाल (अनुपस्थित)

३. सदस्य डा. दिनेशराज पन्त

४. सदस्य प्राज्ञ विष्णु प्रभात

५. सदस्य प्रा.डा. हेमांगराज अधिकारी

६. सदस्य प्रा.डा. जीवेन्द्रदेव गिरी

७. सदस्य प्राज्ञ लोक बहादुर थापा

८. सदस्य बम कुमारी बुढा (अनुपस्थित)

९. सदस्य डा. मीन श्रीस मगर

१०. सदस्य विष्णु सिंजाली मगर (अनुपस्थित)

११. सदस्य प्रतिभा पुन (अनुपस्थित)

बैठकका विषयहरु

१. समितिको बैठक बस्ने बारे

२. समितिको प्रस्ताव नेपाल प्रज्ञा प्रतिष्ठानले सिफरीश गर्ने बारे

३. मगर सम्बन्धि अध्ययन विषयको पुस्तक वा ग्रन्थबाट विवरणिका तयार गर्ने बारे

यस समितिको बैठकले उपरोक्त विषयहरु एपर छलफल गरी निम्न लिखित निर्णयहरु गरयोः

१. यो समितिको बैठक प्रत्येक दुइ महिनामा बस्ने निर्णय गरयो ।

२. मगर अध्ययन केन्द्रले नेपाल प्रज्ञा प्रतिष्ठानलाइ मगर सम्बन्धि अध्ययनकालागी तयार गरेका प्रस्ताव हरुलाइ सम्बन्धित मन्त्रालय र अन्य संघ संस्थाहरुमा सिफारीशका लागी गर्ने निर्णय गरयो ।

३. मगर अध्ययन केन्द्रका लागी मगर सम्बन्धि ग्रन्थ विवरणिका (ःबनबच ब्ललयतबतभम द्यष्दष्यिनचबउजथ) तयार गर्न सबै सदस्यहरुले आफुले अध्ययन गरेको पुस्तक वा सामग्री बाट विवरणिका तयार गरी त्यस बारे बैठकमा जानकारी गराउने निर्णय गरयो ।